समाचार
आरम्भ चौतारी लघुवित्तका लगानीकर्तालाई ८.८५ प्रतिशत लाभांश
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ८.८५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार बसेको लघुवित्तको सञ्चालक समिति बैठकले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । २६ करोड...
चार लाख २९ हजारले लगाए खोप
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए...
पोखरा–नेपालगञ्ज हवाई सेवाः पर्यटक बढ्ने विश्वास
पोखरा । कोभिड–१९ पछाडि पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध सङ्घ संस्थाले एकपछि अर्को गतिविधिलाई जोड्दै कार्यक्रम गरिरहेका छन् । भम्रण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सपना कोभिड–१९ का कारण पूरा हुन नसकेपछि निजी क्षेत्रको पहलमा पछिल्लो समय आन्तरिक पर्यटकलाई लक्षित गर्दै पर्यटकीय गतिविधिमा जोड दिन थालिएको छ ।...
नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास हुँदै, ६५ अर्ब चिनियाँ लगानी पक्का
काठमाडौं । झापाको दमकबाट आठ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को यही फागुन १६ गते शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । दमक नगरपालिका–१०, कमल गाउँपालिका–७...
आर्थिक विकासको आधार सूचना प्रविधिको विकासः अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताएका छन् । उनले सूचना प्रविधिको क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले बताउँदै अघि भने–‘आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग...
नार्कले ल्यायो वेब-पोर्टल, घरबाटै सकिन्छ जमिनको माटोको परिक्षण गर्न
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद् (नार्क)ले वेब-पोर्टल मार्फत डिजिटल नक्सा एक कर्याक्रमका साथ आज सार्वजनिक गरेको छ । डिजिटल नक्साको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगरिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणहरु कृषकलाई...
निफ्राको सेयर कारोबारलाई देखाएर बजार बिगार्ने कुरा सह्य हुन्नः लगानीकर्ता
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले निफ्राको सेयर कारोबारलाई देखाए बजार बिगार्ने कुरा सह्य नहुने बताएका छन् । लगानीकर्ता सम्बद्ध पाँच वटै संगठनले संयुक्त विज्ञप्ति निकाल्दै बजारमा भैरहेको अनावश्यक चलखेलको बिरोध गरेका हुन् । उनीहरुले सिडिएस र नेप्सेको लापरवाहीका कारण सेयर बजारका लगानीकर्ता निरुत्साहित हुने अवस्था बनेको र बजारमा अनावश्यक...
माधव-प्रचण्डले भेटे देउवालाई, नयाँ सत्ता समिकरणबारे छलफल
काठमाडौं । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेर अध्यक्षद्धयले देउवासँग भेट गरेका हुन् । भेटमा नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनका बारेमा छलफल भएको बताइन्छ । सर्वाेच्च अदालतले संसद पुनस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीको सत्ता बहिर्गमन...
थप पाँच हजार क्विटल धान खरीद गर्दै खाद्य कम्पनी
पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु...
सुनको मूल्य ३ सय रुपैयाँले घट्यो
काठमाडौं । घरेलु बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला तिन सय रुपैयाँले नै घटेर ८९ हजार तिन...










