समाचार

भनेजुएलामा नयाँ संकट, युरोपेली युनियनकाे राजदूत देश निकाला

काराकास । भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका हुन् ।  युरोपेली...

अब आईपीओको नतिजा बिक्रि प्रबन्धक र कम्पनीको वेभसाइटमै, अनलाइनहरुले नपाउने

काठमाडौं । अबदेखि आईपीओहरुको नतिजा बिक्रि प्रबन्धक र सेयर जारी गर्ने कम्पनीहरुको बेभसाइटमा अनिवार्य राखिने भएको छ । तर अनलाइन सञ्चार माध्महरुले भने आईपीओका नजिता राख्न पाउने छैनन् । सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानले बिक्रि प्रबन्धक र जारी गर्ने कम्पनीहरुले आफ्नो वेभसाइटमा अनिवार्य राख्नु पर्ने गरि सर्कुलर जारी...

ओलीको विकल्प खोजी तिब्रः माधव-प्रचण्डले बढाए भेटघाट, बामदेवको नयाँ प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्पको खोजी तिब्र भएको छ । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले अन्य दलका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् । बुधबार काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेका अध्यक्षद्धयले बिहिबार जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेका हुन् । बुढानिलकण्ठमा...

समाचार सेयर भएवापत फेसबुक र गुगलसँग अनलाइनहरुले पैसा पाउने

काठमाडौं । अस्ट्रेलियाले संसारकै पहिलो त्यस्तो कानुन बनाएको छ जसले अब फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचार राखे वापत पैसा तिर्नुपर्नेछ । अस्ट्रेलियाको यस्तो कानुन प्रति अमेरिकी टेक कम्पनीहरुले कडा बिरोध जनाएका छन् । पछिल्लो हप्ता फेसबुकले अस्ट्रेलियामा समाचारजन्य सामग्री ब्लक गरिदिएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न...

पाँच वर्ष म्याद गुज्रेको दाल बेच्ने व्यापारीलाई तीन लाख जरिवाना

  विराटनगर । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर-७ को गोदामबाट...

जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु, स्थानीय उत्साहित

जाकरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । झण्डै ३८...

अवैध रकमसहित दुई नियन्त्रणमा

  कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह...

भारतबाट रोगी मौरी ल्याउन लागेको भन्दै तिनवटै मौरीपालकसङ्घ विरोधमा

  काठमाडौं । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र...

साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ । मौलिक वेशभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको जात्रा शालिनदीबाट शुरु भएर साँखु बजार परिक्रमापछि सकिन्छ । जात्रा तयारीका लागि माघ शुक्ल एकादशीको बिहान भीमसेन देवताको मूर्ति...

आर्थिक समृद्धिको पहिलो सर्त राजनीतिक स्थायित्व नै होः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भए मात्रै समृद्धिको वातावरण बन्ने...