समाज/राजनीति
विश्वासको मतमा मतदान नगरी बागमती प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित
मकवानपुर । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।
‘अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं’ : राजेन्द्र पाण्डे
मकवानपुर । नेकपा समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिगमनकारी कित्तामा उभिएका कारण वर्तमान प्रदेश सरकार फेर्नुको विकल्प नरहेको बताए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफैं प्रतिगमनविरुद्ध लडेको भए पनि अन्तिममा सोही कित्तामा उभिएकोले साथ दिन नसकेको उनको भनाई छ । ‘हिजो अष्टलक्ष्मीजीलाई मुख्यमन्त्री प्रस्ताव गरेर डोरमणिजीविरुद्ध...
मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने अवस्था छैन : बानियाँ
मकवानपुर । कांग्रेसको वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको बताएका छन् । ‘यो प्रक्रियालाई धेरै नलम्ब्याऔं । अब मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । हाम्रो गठबन्धनमा बहुमत जुटिसकेको छ,’ प्रदेशसभाको बैठकमा बोल्दै उनले भने, ‘सबैभन्दा राम्रो मार्गप्रशस्त गरिदिनुभएको भए राम्रो हुन्थ्यो...
जमरकट्टेलले भने – ‘मुख्यमन्त्रीज्यू राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्’
मकवानपुर। वागमती प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं माओवादी सांसद शालिकराम जमरकट्टेलले राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सुझाव दिएका छन् । सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभालाई आफूखुसी चलाउन खोजेको भन्दै जमरकट्टेलले ढिलाइ गर्नुभन्दा मार्गप्रशस्त गर्नु नै मुख्यमन्त्रीको हितमा हुने चेतावनी दिएका हुन् । ‘प्रदेशसभाबारे एउटा सहमति गरे पनि...
बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव
मकवानपुर। बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए । बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा...
‘संविधानको भावनाअनुसार नै मैले विश्वासको मत माग गरेको छु’ : मुख्यमन्त्री शाक्य
काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूले संविधानको भावनाअनुसार नै विश्वासको मतको प्रस्ताव दर्ता गरेको बताएकी छन् । प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले वर्तमान सरकारले संविधान विपरीत अध्यादेश ल्याएर दल विभाजन गरेकोको पनि बताइन् । उनले आफूलाई मुख्यमन्त्री बनाउनेहरुले नै सोही दिनदेखि आफूविरुद्ध गतिविधि गरेको...
हेलिकप्टरबाटै पहिरोप्रभावित क्षेत्र हेरेर फर्किए प्रधानमन्त्री
बझाङ । बाढी र पहिरोबाट भएको क्षति अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर, पहिरो प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ...
पाण्डे वागमतीको मुख्यमन्त्री बन्ने निश्चित
मकवानपुर । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो । मुख्यमन्त्रीका लागि कांग्रेस नेता ईन्द्र बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवा...
पुन : एमालेमै फर्किए कैलाश ८ का वडा अध्यक्ष थिङ्ग
मकवानपुर । एमाले विभाजन पछि माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजबादी) मा सनाखत गरेका मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङ्ग पुनः एमालेमा फर्किएका छन् । आज हेटौंडा पुष्पलाल पार्क स्थित एमाले मकवानपुरको जिल्ला पार्टी कार्यलयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य एवं...
वागमती प्रदेशसभाको बैठकमा एमाले सहभागी हुने, मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने
मकवानपुर । वागमती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सत्तारुढ नेकपा एमाले सहभागी हुने भएको छ । एमालेले पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभाको वैठकमा सांसदहरु उपस्थित हुन नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएको थियो । तर मन्त्रीहरुको...









