समाज/राजनीति
फुट्यो कांग्रेसको पौडेल समूह, प्रकाशमान एक्लै अघि बढे
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूह फुटेको छ। पौडेल समूहका एक सदस्य पूर्व महामन्त्री प्रकाशमान सिंह आगामी महाधिवेशनमा सभापति उठ्ने गरी एक्लै अघि बढेका छन्। यससँगै पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध आसन्न महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सम्भावना टरेको छ। पौडेल समूहबाट सभापतिका...
उपभोक्ता समितिबारे दुई मन्त्रीको विरोधाभास : जनार्दन पोस्ने, झाँक्री खोस्ने
काठमाडौं । उपभोक्ता समितिको विषयलाई लिएर सत्ता गठबन्धनका दुई मन्त्रीहरुबीच नै असमझदारी देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले गरेको निर्णयलाई शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उल्टाइदिएकी छन् । अर्थमन्त्री शर्माले उपभोक्ता समितिमार्फत हुने कामको सीमा वृद्धि गर्दै १ करोडबाट १० करोड पुर्याएका थिए । शहरी विकासमन्त्री झाँक्रीले उक्त निर्णयलाई...
शासनलाई मजाक बनाउँदै मनाङे : पीएलाई कार्यवाहक मन्त्री
कास्की । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्री राजीव गुरुङ ९दीपक मनाङे० ले मनाङका युवाको किस्सा सुनाए । भएछ के भने, जिल्लामा बहुउद्देश्यीय कभर्डहल बनाउन बजेट छुट्याइदिन माग गर्दै मनाङका युवाहरू मन्त्री भेट्न पोखरा आएछन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको कायर्कक्षमा...
एमाले माहाधिवेशन : मकवानपुरबाट १७ जना प्रतिनिधि सर्वसम्मत
मकवानपुर। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट सर्वसम्मत १७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् । आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा...
बागमती मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल आर्थिक मामिला र लामा स्वास्थ्यमन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज(बिहीबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका पाण्डेले बिहीबार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गरेका हुन् । जम्मकट्टेलले आर्थिक...
नेकपाका महासचिव विप्लव धनगढीमा
धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज...
कांग्रेसले कम्युनिस्टजस्तो भोटको व्यापार गर्दैन, आरक्ष पीडितको समस्या समाधान गर्छौं : एनपी साउद
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर २ स्थित कृष्णपुर नगरपालिका२ मा आरक्ष पीडितसँगको अन्तरक्रियामा नेता साउदले कांग्रेसले इमान नभएको राजनीति नगर्ने बताए । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको राष्ट्रिय निकुञ्ज) बाट विस्थापितहरुको पुनर्स्थापनाका नाममा २२ वर्षदेखि...
एमाले ओखलढुंगा महाधिवेशन प्रतिनिधिका उम्मेदवार : कोही पार्टी सदस्य नै नभएका, कोही ‘फरार’ सूचीका
ओखलढुंगा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले सार्वजिनक गरेको विवरण अनुसार तत्कालीन संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताको उम्मेदवारी परेको...
राप्रपाको महाधिवेशन प्रतिनिधि चयन कार्यतालिका परिमार्जन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यतालिका सरेको छ । बिहीबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन ३–५ मंसिरमा गर्नेगरी कार्यतालिका परिमार्जन गरेको हो । त्यसैगरी बैठकले राप्रपाले सक्रिय सदस्य वापतको रकम जम्मा गर्ने समयावधि २८ कात्तिकसम्म थप गरेको छ । तोकिएको अवधिमा शुल्क...
एमाले महाधिवेशन प्रतिनिधि छनोटः मकवानपुरमा ७३ जनाको उम्मेद्वारी
मकवानपुर। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको छ । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट यो पटक राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित कोटा सहित १७ जना प्रतिनिधि बन्दैछन् । जिल्लाको क्षेत्र...










