समाज/राजनीति
कांग्रेसले पहिलोपटक विधान अधिवेशन गर्ने, १४औं महाधिवेशनबाट नेतृत्वमात्र चयन हुने
काठमाडौं । नेपाली कांग्रेसले पहिलोपटक विधान अधिवेशन गर्ने भएको छ । पार्टीको आगामी नीति र कार्यक्रम तय गर्न अलग्गै अधिवेशन गर्ने निर्णय पार्टीका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीले बुढानिलकण्ठमा गरेका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले १४ औं महाधिवेशनलाई विशुद्ध नेतृत्व चयनको रुपमा लिएर...
प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो संयोजक, बागमतीको अधिवेशन हेटौंडामा
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ । बुढानिलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बसेको केन्द्रीय समिति बैठकले १६–१७ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सात केन्द्रीय नेतालाई संयोजक तोकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रदेश १ मा पूर्वमहामन्त्री कृष्ण सिटौलालाई तोकेको छ ।...
रवीन्द्र मिश्रले गरे दरवार पार्टीसँग एकता (विज्ञप्तिसहित)
काठमाडौं । रवीन्द्र मिश्र र मिलन पाण्डे नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच पार्टी एकता हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच पार्टी एकीकरण हुने भएको...
विधानविपरीत प्रतिनिधि छनोटमा गरेको भन्दै एमाले कैलालीमा विवाद
धनगढी । विधि, पद्धतिलाई लत्याउँदै गैरकानुनी तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा एमालेका कार्यकर्ताले विरोध जनाएका छन् । १० मसिरदेखि चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा काठमाडौँका नेताको आदेशअनुसार प्रतिनिधि छनौट गरिएको भन्दै असन्तुष्ट पक्षले विज्ञप्ति समेत जारी गरेका छन् ।...
४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन
काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको...
चितवनबाट २८ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट (नामावलीसहित)
चितवन । नेकपा (एमाले)चितवनले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि छनोट गरेको छ । २८ जनाको लागि २ सय ६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरी सर्वसम्मत रुपमा छनोट गरेको हो । महाधिबेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज काशिनाथ...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु मकवानपुरको मसाल जुलुस
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले मसाल जुलुस निकालेको छ । आज(शनिबार) नेकपा एमाले मकवानपुर पार्टी कार्यालय देखि हेटौंडाको बुद्धचोक सम्म अनेरास्ववियु मकवानपुरको आयोजनामा मसाल जुलुस प्रदर्शन गरेको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरूले मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस...
१०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले
काठमाडौं । नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगररगाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०–१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन...
कांग्रेसका निर्वाचन अधिकृतले दिए राजीनामा
काठमाडौं । निर्वाचनको प्रक्रिया अगाडि बढाउन नसकिएको भन्दै कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएका छन्। १७ कात्तिकमा अधिकृत तोकेर पठाइए पनि विनोद कार्कीले जिल्लामा काम गर्ने वातावरण नभएको भन्दै अधिकृतबाट राजीनामा दिएका हुन्। उनको राजीनामापछि भोलिदेखि हुने वडा तहको अधिवेशनको प्रक्रिया नै अवरुद्ध हुन सक्ने देखिएको छ। कार्कीले केन्द्रीय...
राप्रपाद्वारा ७६ जिल्लाको नेतृत्व चयन, भक्तपुरमा नेतालाई कार्यकर्ताले थुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन सकेको छ । भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभाग सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोमा भक्तपुरमा भने कमल थापा र पशुपति शमशेर...










