अर्थ समाचार

सेनालाई घर बनाउन राष्ट्रिय वाणिज्य बैंकले ३.३ प्रतिशत ब्याजमा ऋण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सेनामा कार्यरत कर्मचारीलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरे । उक्त...

तिहारको रंगोलीमासमेत बैंकहरुको ब्याजदर विज्ञापन

तिहार अस्तिबाट सकिएको छ । लक्ष्मीपूजा व्यक्तिको घरमा मात्र होइन विभिन्न संघ संस्थाको कार्यालयमा पनि आ–आफ्नै तरिकाले मनाउने गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा लक्ष्मीपूजाको दिन विशेष पूजाआजा गर्ने चलन छ । तर,केही बैंकले भने पूजा गर्नलाई बनाइएको रंगोलीमासमेत विज्ञापन गरेका छन् । सामाजिक सञ्जालमा फेला परेका तस्बिरहरुमा केही...

सांग्रिला विकास बैंक रजैया शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मकवानपुर। सांग्रिला विकास बैंक रजैया शाखाले बैंकको १७ वार्षिकोत्सवको अवसर पारेर आज वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मनहरी गाउँपालिका वडा नं–४ गोलघरमा सम्पन्न कार्यक्रममा बैंकका तर्फबाट रजैया शाखाका शाखा प्रवन्धक विमल संजेलले स्थानीयबासीलाई वित्तीय साक्षरता प्रदान गर्नुभएको हो । कार्यक्रमा स्थानीय युवा, महिला तथा पुरुष गरी करिव...

मउवा संघ निर्वाचन : न्यौपाने र अग्रवालको प्यानल चुनावी मैदानमा

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आज (मंगलबार) हुने निर्वाचनमा अध्यक्ष पदका लागि संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल भिड्दै छन् । न्यौपाने र गुप्ता चुनावी मैदानमा होमिएका हुन् । दुबै जना आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएको हो । यस अघि मकवानपुर उद्योग वाणिज्य...

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको...

बेमौसमी वर्षाको असरः ५ अर्बको धानबालीमा क्षति, सबैभन्दा बढी नोक्सान बर्दियामा

काठमाडौं । पछिल्लो केही दिन यता परेको बेमौषमी वर्षाका कारण करिब ५ अर्ब बराबरको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनअनुसार साढे ४ अर्बको धानबाली र ३२ करोड बढीको नगदेवालीमा क्षेति पुगेको हो । मन्त्रालयको अध्ययन अनुसार मन्त्रालयले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार...

नेपालमा आईफोन १३ को प्रि–बुकिंग खुल्ला, मूल्य २ लाख ७५ हजारसम्म

काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गरेसँगै नेपालमा २९ अक्टोबर २०२१ बाट विक्रि वितरण सुरु हुदैछ ।...

बजारमा ऋणको माग उच्च तर बैंकहरुसँग दिने पैसा छैन

काठमाडौं। दसैंअघिसम्म आक्रामक रहेका बैंकहरु कात्तिक लागेपछि ऋण बिस्तारमा सुस्त देखिन थालेका छन्। पहिले प्रतिबद्धता जनाएका ऋणीलाई समेत बैंकहरुले पैसा दिन सकेका छैनन्। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत वा त्योभन्दा माथि पुग्न थालेपछि बैंकहरु ऋण बिस्तारमा सुस्त हुन थालेका हुन्। ब्याज बढाएर निक्षेप तान्ने योजनामा पनि राष्ट्र बैंकले...

चितवनको कृषि बैंकमा आर्थिक हिनामिनाः थप दुई कर्मचारी निलम्बनमा

चितवन । चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक...

ब्याजदरको वेगमा राष्ट्र बैंकको लगाम

काठमाडौँ । संस्थाहरूबीच ब्याजदर वृद्धिमा तीव्र प्रतिस्पर्धा सुरु भएपछि राष्ट्र बैंकले त्यसमा लगाम लगाएको छ । राष्ट्र बैंकले मंगलबार साँझ परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जुनसुकै किसिमको निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा १० प्रतिशत बिन्दुभन्दा धेरै बढाउन नपाइने व्यवस्था गरेको छ । यसको अर्थ यसअघि मुद्दती खातामा १० प्रतिशत...