अर्थ समाचार
मनहरी गाउँपालिकामा करदाता सेवा सुरु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ । सङ्घीय सरकारले करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि मनहरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो । आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त गरेका तीन जना कर्मचारी र अन्य प्रविधि तथा उपकरण व्यवस्थापन गरी...
आज नेपाली बजारमा सुनचाँदी मुल्य कति ?
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा...
मकवानपुरमा आर्थिक गणनाका लागि ५९ गणक परिचालन
हेटौँडा। राष्ट्रिय आर्थिक गणना २०८२ का लागि मकवानपुरमा ५९ गणक परिचालन गरिने भएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय आर्थिक गणनामा तथ्याङ्क सङ्कलनका लागि जिल्लामा ५९ जना गणक र ९ जना सुपरीवेक्षक परिचालन गरिने भएको हो । आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरूको विद्यमान...
हेटौंडामा कृषि प्रदर्शनी गर्दै मउवा संघ
मकवानपुर । हेटौंडामा कृषि प्रदर्शनी मेला आयोजना हुने भएको छ । हेटौंडा–२ स्थित पल्पसा सभाहलमा चैत १३ गतेदेखि १६ गतेसम्म बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ हुने भएको हो । मकवानपुर उद्योग बाणिज्य संघको आयोजना, बागमती प्रदेश सरकारको सहयोग र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।...
बागमती प्रदेशमा लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व संकलन
काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६.२९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२/८३...
३ खर्ब २ अर्ब पुग्यो विनोद चौधरीको सम्पत्ति
काठमाडौं। नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् । चौधरी सन् २०२५ मा १७६३ औं स्थानमा थिए । सो समयमा चौधरीको सम्पत्ति २ खर्ब डलर...
फेरि उकालो लाग्यो सुनको भाउ, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला २...
भारतले नेपाललाई १२ अर्बभन्दा बढी अनुदान दिने
काठमाडौं । नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया अर्थात करीव १२ अर्बभन्दा बढी नेपाली रुपैया बरारबरको अनुदान दिने भएको छ । भारतको आर्थिक वर्ष २०२६|०२७ का लागि आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ...
हेटौंडामा खेलकुदको नाममा व्यापार मेला, ९० लाखको ठेक्का, १० करोड बाहिरिने आशंका
हेटौंडा। मकवानपुरको हेटौडामा आयोजना हुने भनिएको खेलकुद महोत्सव वृहत व्यापार मेला ले कानुनी, आर्थिक र नैतिक प्रश्नहरू उठाएको छ। खेलकुद प्रवर्द्धनका लागि राज्यबाट बजेट पाउने संस्थाले व्यापारिक मेला ठेक्कामा दिएपछि यसको पारदर्शिता र उद्देश्य माथि गम्भीर शंका उत्पन्न भएको हो। नेपाल मेला महोत्सव संघका अनुसार मकवानपुर जिल्ला खेलकुद विकास...
चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नमिल्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंक यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो ।...










