खेलकुद
चौतारा भेट्रान्स फुटबल प्रतियोगिता, लाली गुँरासको विजयी सुरुवात
मकवानपुर । तेस्रो निजगढ नगर स्तरीय चौतारा भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लाली गुँरास युवा क्लब निजगढ ३ ले विजयी सुरुवात गरेको छ । बुधबार निजगढ नगरपालिका वडा नम्बर–७ स्थित नेत्रोदय माविको प्राङ्गनमा भएको खेलमा सनराइज युवा क्लब ठाडोलाइनलाई २–१ गोल अन्तरले पछी पार्दै लालीगुँरासले विजयी सुरुवात गरेको हो...
हेटौंडा–४ ले जिल्लामै पहिलो पटक खुल्ला क्रिक्सल प्रतियोगिता गर्दै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ४ ले जिल्लामै पहिलो पटक जिल्ला स्तरीय खुल्ला क्रिक्सल प्रतियोगिता गर्ने भएको छ । आज वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले यस्तो जानकारी दिएको हो । हेटौंडा–४ स्थित हेटौंडा फुटसल मैदानमा हुने क्रिकेट खेल यही असोज २८ घटस्थापना देखि सुरु भई...
हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३०० खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८...
सेमिफाइनलबाटै बाहिरियो नेपाली पब्जी टोली
हान्झाउ । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ । १९औं एसियाली खेलकुदअन्तर्गत शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ‘ए’ बाट नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्न सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि...
हेटौंडामा भोली बाट मिस्टर मकवानपुर
मकवानपुर । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा भोली(शनिवार) बाट हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । शनिबार हुन गइरहेको मिस्टर मकवानपुर–२०८० मा विभिन्न तीन विधा गरि ४५ खेलाडीहरुको सहभागिता रहने महासंघका अध्यक्ष राजेश भेटवालले बताए । शुक्रबार पत्रकार सम्मेलन...
टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
काठमाडौं । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् । चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक...
क्रिकेटर लामिछानेविरुद्धको मुद्दा सुनुवाइको पेसी आज
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइको पेसी आजका लागि तोकिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भएपछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन् ।...
हेटौंडामा खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा २१ औं संस्करणको जिल्ला स्तरीय खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । जेसीआई बसामाडीको आयोजनामा विगत २० वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको स्वर्ण भण्डार (ज्योतिरत्न बज्राचार्य) द्वारा प्रायोजित २१ औ स्वर्गिय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने भएको...
एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काबीच खेल हुदैँ
काठमाडौं । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे कोलोम्बोमा हुदैँछ । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले श्रीलङ्कालाई ४१...
भारत एसिया कपको फाइनलमा
काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कोलोम्बोमा सुपर फोर अन्तर्गत भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो । सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको...










