खेलकुद

हेटौंडा–४ ले जिल्लामै पहिलो पटक खुल्ला क्रिक्सल प्रतियोगिता गर्दै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ४ ले जिल्लामै पहिलो पटक जिल्ला स्तरीय खुल्ला क्रिक्सल प्रतियोगिता गर्ने भएको छ । आज वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले यस्तो जानकारी दिएको हो । हेटौंडा–४ स्थित हेटौंडा फुटसल मैदानमा हुने क्रिकेट खेल यही असोज २८ घटस्थापना देखि सुरु भई...

हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३०० खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८...

सेमिफाइनलबाटै बाहिरियो नेपाली पब्जी टोली

हान्झाउ । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ । १९औं एसियाली खेलकुदअन्तर्गत शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ‘ए’ बाट नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्न सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि...

हेटौंडामा भोली बाट मिस्टर मकवानपुर

मकवानपुर । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा भोली(शनिवार) बाट हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । शनिबार हुन गइरहेको मिस्टर मकवानपुर–२०८० मा विभिन्न तीन विधा गरि ४५ खेलाडीहरुको सहभागिता रहने महासंघका अध्यक्ष राजेश भेटवालले बताए । शुक्रबार पत्रकार सम्मेलन...

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

काठमाडौं । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् । चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक...

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा सुनुवाइको पेसी आज

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइको पेसी आजका लागि तोकिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भएपछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन् ।...

हेटौंडामा खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा २१ औं संस्करणको जिल्ला स्तरीय खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । जेसीआई बसामाडीको आयोजनामा विगत २० वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको स्वर्ण भण्डार (ज्योतिरत्न बज्राचार्य) द्वारा प्रायोजित २१ औ स्वर्गिय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने भएको...

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काबीच खेल हुदैँ

काठमाडौं । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे कोलोम्बोमा हुदैँछ । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले श्रीलङ्कालाई ४१...

भारत एसिया कपको फाइनलमा

काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कोलोम्बोमा सुपर फोर अन्तर्गत भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो । सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको...

नेपाल म्यानमारसँग पराजित

काठमाडौं । म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरेका थिए । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को महिना लाओसविरुद्ध...