समाचार

फेसबुकमार्फत ठगीगर्ने सङ्गठित गिरोह पक्राउ, यसरी जोगिनुस अनलाइन ठगीबाट

काठमाडौं । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ह्वाट्सएप...

सपनाको उजुरीपछि बेवारिसे शब जलाउने अभियन्ता बस्नेत पक्राउ

काठमाडौं । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो । उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी...

उठ्दैछ नेपाल, तंग्रिए भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४ सय ८५ सम्पदा

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनःनिर्माण गरेको छ । वि.सं. २०७४ फागुन ३ गतेअघि ८० सम्पदा पुनःनिर्माण भएकामा त्यसपछि ४८५ पुरातात्विक सम्पदाका पुनःनिर्माण भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबार मूल भवन उद्घाटनपछि सार्वजनिक गरकेो ‘सरकारका तीन वर्षे प्रमुख उपलब्धि’...

थप १ सय ५ मा कोरोना सङ्क्रमण पुष्टिः मृतक शून्य, सक्रिय संक्रमित १५ सय

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ६० को स्वास्थ्य परीक्षण गर्दा ४० महिला र ६५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । मंगलबार मृत्यु हुनेको सङ्ख्या भने शून्य छ । नेपालमा हालसम्म...

इन्धनको मूल्य फेरि प्रतिलिटर २–२ रुपैयाँ बढ्यो, निगमलाई १५ दिनमा अझै ८७ करोड घाटा

काठमाडौं । नेपाली बजारमा तेलको मूल्य फेरि बढेको छ । निगमले मंगबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । यो मूल्यवृद्धि सातामै दोस्रोपल्ट हो । नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल...

९१ करोड बिगो दाबीसहित १३ जनाविरूद्ध राजस्व चुहावटको मुद्दा

काठमाडौं । ९१ करोड ३० लाख ५६ हनार ५ सय ११ रुपैयाँ राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धानले १३ जनाविरूद्ध अदालतमा मुद्दा हालेको छ । विभागले मुख्य अभियुक्त सुवोध साहसहित ९ अभियुक्त र २ मतियारविरूद्ध पाटनको उच्च अदालतमा मुद्दा दायर गरेको हो । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर...

एक दिन बाँकी छँदै महिलाको आईपीओमा पर्‍यो ६० गुणा बढी आवेदन

काठमाडौं । महिला लघुवित्तको आईपीओ १४ लाख ४४ हजार ५ सय ८८ जनाले माग गरेका छन् । करिब साढे १४ लाख आवेदकले २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ८२ लाख ७ सय २० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । मंगलबार...

अस्ट्राजेनिका खोपलाई डब्लुएचओले दियो मान्यता, ६५ वर्षभन्दा माथिका व्यक्तिले पनि लगाउन मिल्ने

एएफपी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ । अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न...

टेलिकमको वेबसाइटमा च्याटबोट सेवा, केके सेवा दिन्छ ?

काठमाडौं । नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ । कम्पनीका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिका बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी च्याटबोट सेवा सुरु गरेको हो । कम्पनीको वेबसाइट खोल्नासाथ होमपेजमा एनटी च्याटबोटको सानो स्क्रिन देखापर्दछ । त्यहाँ ‘निड हेल्प...

हवाई पूर्वाधारमा फड्को, के के भयो त काम ?

काठमाडौं । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण...