समाचार
निफ्रालाई नेप्सेको स्पष्टीकरणः मूल्यमा प्रभावित पार्ने सूचना किन चुहाएको ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेपाल इनफ्रास्ट्रक्चर बैंकलाई स्पष्टीकरण सोधेको छ । कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको बताएको छ । निफ्राका सीईओ रामकृष्ण खतिवडाले ३० मिलियन डलरको बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचिकरणको तयारी भैरहेको बताएका थिए । सीईओ खतिवडाले बाणिज्य बैंकहरु र...
हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौं–अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका अवसरमा समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने उनले...
एमालेले फिर्ता लियो मुख्यमन्त्री शाहीलाई दिएको समर्थन, कर्णाली सरकार अर्को संकटमा
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो ।...
भारतमा फेरी बढ्यो कोरोना सङ्क्रमण, मङ्गलबार यो वर्षकै धेरै
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको...
४० अंकले बढ्यो नेप्से
काठमाडौं । साताको चौथोदिन आज नेप्से ४०. ४० अंकले बढेको छ । ४० अंकले बढेर नेप्से २४३२.१४ अंकमा पुगेको छ । बजारको यो वद्धिमा १५० कम्पनीका लगानिकार्ताले कामाएका छन् भने १६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
काठमाडौँ-तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ संसदीय छलफलमा
काठमाडाैं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो । अब...
शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट
बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए । आरक्षको सुरक्षार्थ...
वाग्मती सिँचाइ आयोजना बिस्तार हुँदै : अब धनुषा र महोत्तरी समेत समेटिने
सर्लाही । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २।२ रुपैयाँले बढ्यो
काठमाडौं ।सरकारले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २।२ रुपैयाँले बढाएको हो । अब पेट्रोल प्रति लिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ पर्नेछ ।
विदेश जाने ७५ प्रतिशतले घटे, नेपाल भित्रिने पैसा ११ प्रतिशतले बढ्यो, कसरी ?
काठमाडौं । विदेशीने नेपालीको संख्या बढेपनि नेपालले प्राप्त गर्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) भने बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको हो । प्राप्त रेमिट्यान्स गत वर्षको यही अवधि (माघ मसान्तसम्म)भन्दा १०.९ प्रतिशत बढी हो । गत आवको...










