समाचार
भाँडा माझ्ने भान्सेः एसएलसी फेल विश्व चर्चित नेपाली सेफको कथा
काठमाडौं । सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिनुभएका सेफ सन्तोष साहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा ? उनी तिनै नेपाली भान्से हुन जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवद्र्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का...
बसपार्कमा भ्यु टावर बनाउने भेटवालसहित १३६ विरुद्ध बैंकिङ कसुरको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले काठमाडौंको पुरानो बसपार्कमा भ्यु टावर बनाउने मनोज भेटवालसहितका १३६ जना विरुद्ध मुद्धा दायर गरेको हो । आयोगले झण्डै ४० करोड बराबरको...
ज्योति लाइफको आईपीओमा आवेदकको संख्या १६ लाख नाघ्यो
काटठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिनेहरुको संख्या १६ लाख नाघेको छ । आइपीओ भर्ने समय सकिन एक दिन बाँकी छदैँ कम्पनीको आईपीओमा १६ लाख ४ हजार एक सय ४९ जनाले आवेदन दिएका हुन् । फागुन २५ गते अपरान्ह पाँच बजेको अवधीमा ३ करोड ४१ लाख २१...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम तिम्सिना ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकद्धय ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । डेपुटी नियुक्त दुबै जना झापाली हुन् । ढुंगाना तेश्रो नम्बरकी कार्यकारी निर्देशकका रुपमा सार्वजनिक ऋण व्यवस्थापन...
पौडेलले टेलिकमको सञ्चालकमा उम्मेदवारी दिने, भन्छन्ः सबैभन्दा धेरै प्रतिफल दिने कम्पनी बनाउन सघाउँछु
काठमाडौं । अम्बिका प्रसाद पौडेलले नेपाल टेलिकमको सञ्चालकमा उम्मेदवारी दिने भएका छन् । पौडेलले चैत्र २३ मा हुने साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक सदस्यको निर्वाचनमा सहभागी हुने भएका हुन् । नेपाल टेलिकममा सञ्चालकको रूपमा प्रतिनिधित्व गर्न सके व्यवस्थापन र सरकारी निकायबाट प्रतिनिधित्व गर्ने सञ्चालक बीच समन्वय कायम गर्ने प्रतिबद्धता...
आगलागीबाट करोड बढीको क्षति
कैलाली । गोदावरी नगरपालिका-५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै रु एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्सट्रक्शनमा आज बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा प्रयोग गरिने मालसामान जलेर नष्ट भएको बताए । धनगढी...
८३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा , टेलिकम भन्दा एनसेल फोरजी प्रयोगकर्ता दोबर
काठमाडौं । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड...
पाँच युवाको २५ लाख लगानीमा गाउँमै खुल्यो काष्ठ तथा कागज उद्योग
खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन्...
बर्दिवासमा भूमाफियाको जगजगी, राजनीतिज्ञ र पूर्व कर्मचारी नै संलग्न
महोत्तरी । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाहरुको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिने तयारी थालेसँगै यहाँ भूमाफियाको जगजगी ह्वात्तै बढेको...
सौराहालाई उछिन्दै पश्चिम चितवन, बढ्दै पर्यटक
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो । झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय...










