समाज/राजनीति

माधव नेपाल छाडेका न्यौपानेलाई एमालेले बनायो केन्द्रीय सदस्य

मकवानपुर । नेकपा (एमाले)ले केन्द्रीय समितिमा मकवानपुरका केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। न्यौपाने नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गरेका...

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग नबनाउने गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकले, सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अबरोध गर्ने प्रयास स्वरुप आएको निष्कर्ष निकालेको छ । बालुवाटारमा बसेको, गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ‘वास्तवमा भन्ने हो यस्तो अवस्थामा उच्च स्तरीय आयोगको माग्नु भनेको चै यो भइरहेको छानबिनलाई...

गौर हत्याकाण्ड बारे के भन्छ जसपा ?

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको सहमतिप्रति असन्तुष्ट देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सहमतिप्रति असन्तुष्टि जनाएको जसपाले आज (शुक्रबार) त्यस विषयमा पार्टी धारणा सार्वजनिक गर्ने भएको हो । दिउँसो १...

सांसद पक्राउको कारण थाहा लागेपछी पार्टीको धारणा बनाउँछौं : लेखक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउबारे जानकारी लिइरहेको बताएको छ । मोरङ ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्मालाई प्रहरीले नक्कली सर्टिफिकेटबारे अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको छ । बिहीबार बसेको संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको भन्दै...

गगनलाई रविन्द्रको प्रश्न : देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर सोधेका छन् । बिहीबार सामाजिक संजालमा उनले थापालाई देशभन्दा माथि विचार र देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर प्रश्न गरेका हुन् । ‘विचार व्यक्तिको हुन्छ । व्यक्ति एकल...

संगठनलाई जनतामा पुर्याउँ: नेता राना

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा हेटाैँडा उपमहानगरपालिका ईञ्चार्ज रामेश्वर रानाले पार्टी संगठनलाई वडा, टाेलहुँदै जनतामा पुर्याउने बताउनु भएकाे छ । नेकपा एमाले हेटाैँडा उपमहानगरपालिका वडा नं. ५ काे बैठकमा बाेल्दै नेता रानाले राष्ट्रियता, संघीय लाेकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्न र मुलुकलाई समाजवादसम्म पुर्याउन नेकपा एमाले बलियाे पार्टी बन्नुपर्ने...

सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाए : बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतकले महेश बर्तौला सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सत्तापक्षले संसदमा द्वन्द्व गराउन चाहेको दावी पनि गरे । उनले भने ‘ प्रतिपक्षले सभामुखको अनुमति लिएर बोल्न खोज्दा समेत सत्तापक्षका माननीयहरु उठेर विरोध...

जनताले सिंगापुर हेरे, स्वीट्जरल्याण्ड हेरे र लंका पनि हेरे : सिंह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नेताहरुको कुरामा विश्वास गर्न सक्ने अवस्था नरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग सिंहले यो देशमा काण्डै काण्डको प्रतिष्पर्धा मात्र हुने गरेको बताए । उनले भने ‘ जनताले त हिजो पनि हेरेकै हो । पहिला जनताको आंँखामा सिंगापुर...

ललिता निवास प्रकरणमा, जुनसुकै पार्टीको संलग्नता भएपनि छाड्दैनौं : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, अदालतको आदेशले ललिता निवास प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहेको विषयमा अदालतको आदेशले झनै गम्भीर भएर अनुसन्धान गर्न प्ररित गरेको बताए । ‘हामीले अहिले अनुसन्धान प्रक्रिया...

सदनमा गृहमन्त्रीको जवाफप्रति एमालेको असन्तुष्टि : एमालेद्वारा सदन अवरुद्ध संसदसमा फेरी हंगामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा गृहमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएको छ । गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम, सदनमा दिएको जवाफ सकिन नपाउँदै एमाले सचेतक महेश बर्तौलाले उनको जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानविन समितिको माग यथावत रहेको त्यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताए । उनले भने...