सिङ्गो गढी गाउँपालिकामा अवैधानिक औषधि पसल, स्वास्थ्य प्रमुख भन्छन् एक हप्ता भित्र कारवाही गर्छु 

रवीन ढुङ्गाना
२०७८ माघ ५, बुधबार १२:२७

मकवानपुर । पछिल्लोपटक मानव स्वास्थ्य माथि नै खेलबाड गर्ने गरी जिल्लामा अवैध औषधि पसल फस्टाउन थालेका छन् ।

त्यस्ता अवैध औषधि पसल जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रहेको ८ वटै वडामा बग्रेल्ती रहेको दर्जन भन्दा बढी औषधि पसलकोहरुको स्थलगत रिपोटिङको शिलशिलामा अखबारहवको टिम गढी गाउँपालिकाका विभिन्न वडा पुग्दा गढी गाउँपालिकाका सबै वडामा अवैध औषधि पसल सञ्चालनमा रहेको पाईएको हो ।

सामान्यतः औषधि व्यवस्था विभाग वीरगञ्जसम्बन्धीत पालिकामा स्वास्थ्य संस्था दर्ता गर्नुपर्ने प्रावधान भए पनि पालिकाको कुनै पनि निजी स्वास्थ्य संस्था दर्ता नगरी सन्चाल गरेर कानुनको धज्जी उडाउँदा समेत गाउँपालिका मुकदर्शक बनेर बसेको छ । यस विषय मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब्र लामिछानेसँग बुझ्दा अवैध सञ्चालित सबै औषधि पसललाई कारबाही गरिने बताए । उनले भने “गाउँपालिकामा अवैध औषधि पसल सन्चालनमा छन् भन्ने जानकारी थिएन अब त्यस्ता औषधि पसललाई एक हप्ता भित्र कारबाहीको दाएरमा ल्याइने छ ।’

यता औषधि पसल सन्चालकहरु कोही हाम्रो क्यामेरा देख्ने बित्तिकै भाग्छन् त कोही आफूले सन्चालन गरेको औषधि पसल अवैधानिक हो भनेर सहर्ष स्वीकार गर्छन्, यस्तो अवस्था हुदाँ हुँदै पनि गाउँपालिकाले अनुगमन गरेर अवैधानिक सन्चालीत औषधि पसललाई कारबाही गर्नु त परको कुरा कानमा तेल हालेर बसेको छ ।

मकवानपुरका सरकारी अस्पताल बाहेक फार्मेसी, प्राइभेट किल्निक तथा अस्पतालहरु अनगिन्ती रहेका छन् । तर यसको सही तथ्यांक भने न स्थानीय तहसगँ छ न जिल्ला स्वास्थ्य कार्यालयमा नै । 
 

यसमा तपाइको मत

Your email address will not be published.


*