हेटौंडा उपमहानगरको बजेट २ अर्ब ८५ करोड ५ लाख

अखबार हब
२०८३ असार ९, मंगलवार १२:४६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०८३/०८४ को लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँ बजेट ल्याएको छ । उपमेयर राजेश बानियाँले मंगलबार नगरसभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।

बजेट अनुसार आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९१ करोड २० लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट १० करोड १ लाख ७२ हजार रुपैयाँ तथा संघीय सरकारको अनुदानबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ व्यहोर्ने अनुमान गरिएको छ।

उपमहानगरले पुर्वाधारतर्फ ६७ करोड १९ लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख विनियोजन गरेको छ ।

आर्थिक विकासतर्फ १० करोड ३६ लाख, सामाजिक विकासतर्फ ८४ करोड १५ लाख, जनस्वास्थ्यतर्फ १ करोड ४० लाख र युवा तथा खेलकुदमा १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*