खेललाई महत्व दिनसके राष्ट्रको पहिचान बढ्छ–मुख्यमन्त्री लामा

अखबार हब
२०८१ आश्विन ३, बिहीबार २०:५२

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पेरिस पारालिम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धन र एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गरेका छन् ।

बिहिबार हेटौँडामा भएको पलेशा र एरिकालाई सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा उनीहरूको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले आगामी दिनमा स्वर्ण जित्ने आशा व्यक्त गरेक हुन् । सो अवसरमा मुख्यमन्त्री लामाले राष्ट्रको पहिचान गराउने सबैभन्दा ठूलो माध्यम खेलकुद भएपनि राज्य आवश्यक लगानी गर्न नसकेको बताए । तर आफ्नो सरकारले खेलकुद क्षेत्रमा लगानी र प्रोत्साहन गर्ने आश्वासन दिए।

उक्त कार्यक्रममा मुख्यमन्त्री लामाले अहिले केही प्रक्रिया नमिल्ने भएकाले खेलाडीलाई नगद दिन नसके पनि तीन महिनाभित्र खेलाडीले पुरस्कार रकम पाउने घोषणा गरे ।

सो कार्यक्रममा पलेशाले शुरुवाती चरणमा सहयोग नहुँदा यो पदक ल्याउन धेरै कठिन भएपनि अहिले देशभर पारा तेक्वान्दोसँगै पारा खेलकुदका बारे सबैलाई थाहा भएको बताइन् । आउने दिनमा सबैको साथ सहयोग भए पाराले मात्र नभए सबैले नेपालका लागि इतिहास बनाउन सक्ने विश्वास व्यक्त गरिन् । सबैले आफूमा विश्वास राखे नयाँ उदाहरण कायम गर्नसक्ने उल्लेख गरिन् ।

पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*