अखिल क्रान्तिकारी बागमती प्रदेश मुख्यसचीवमा शिवाकोटीको उम्मेदवारी
हेटौंडा । नेकपा माओवादी केन्द्र निकट विध्यार्थी संगठन अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीको मुख्य सचीव पदमा मकवानपुरका रामकृष्ण शिवाकोटीले उम्मेदवारी घोषणा गरेका छन् ।
आईतबारदेखि काठमाडौंमा सुरुभएको प्रदेश सम्मेलनले ११ जना पदाधिकारीसहित ७५ सदस्यीय बागमती प्रदेश कमिटी चयन गरी सोमबार सम्पन्न हुनेछ ।
अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीको मुख्य सचिव पदमा उम्मेदवारी घोषणा गरेका शिवाकोटीका विध्यार्थी राजनीति र सामाजिक गतिविधिमा सक्रिय ब्याक्ति हुन् ।
बागमती प्रदेशको मुख्य सचिवको उम्मेद्वारका रूपमा आफ्नो अनुभव र क्षमताको अधिकतम उपयोग गर्नका लागि तयारी गरेको उनले बताए । शिवाकोटी हाल अखिल बागमती प्रदेश कमिटी सचीवको भुमिकामा छन् ।







