दश वर्षपछि भोलिबाट युवा संघ मकवानपुरको अधिवेशन

अखबार हब
२०८१ भाद्र २७, बिहीबार २०:१३

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मकवानपुरको १० औं जिल्ला अधिवेशन हुने भएको छ ।

२८ भदौबाट सुरु हुने जिल्ला अधिवेशन करिब १० बर्ष पछि हुन लागेको हो । दुई दिनसम्म चल्ने अधिवेशन राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा हुने बताइएको छ ।

हेटौंडा–१३ पदमपोखरीमा हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।

अधिवेशनमा जिल्ला भरबाट २५० प्रतिनिधिले भाग लिने आयोजक कमिटी संयोजक राजेश नगरकोटीले बताए । अधिवेशनले आगामी २ बर्षका लागि ६ पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

जिल्लाको विभिन्न स्थानीय तहबाट प्रतिनिधिको रुपमा आएकाहरूलाई सहजताको लागि आयोजकले पदमपोखरीदेखि हेटौंडासम्म निःशुल्क बस सेवा उपलब्ध गराएको नगरकोटीले बताए ।

केन्द्रीय अध्यक्ष थेबेसहितका अथितिहरुलाई युवा संघले पदमपोखरी गुम्बाचोकमा पहिलो स्वागत गर्नेछ । त्यसपछि झाँकीसहितको मोटरसाइकल व्यालीले बजार प्रवेश गराउदै कार्यक्रम स्थल लगिने तयारी भएको छ ।

‘यसको लागि हेटौंडा १२, १३ र १४ का संगठन तथा पार्टी नेतृत्वले व्यवस्थापन गर्नेछ’ नगरकोटीले भने । उद्घाटन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने बताइएको छ ।

पत्रकार भेटमा युवा संघ नेपालका लेखा समिति प्रमुख सन्तोष चौलागाईं, पार्टी उपसचिव आरति पाठक, पार्टी प्रचार बिभाग प्रमुख उज्वल चौलागाई, पार्टी उपसचिव आरति पाठक, पार्टी जिल्ला सचिवालय सदस्य मदन दहाल, प्रेस चौतारी बागमती प्रदेश महासचिव प्रकाश दहाल, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*