कोरा साईकल र्‍याली गर्दै हेटौंडा राईडर्स क्लब

अखबार हब
२०८१ श्रावण २, बुधबार २०:१७

हेटौंडा । हेटौंडामा कोरा साईकल र्‍याली हुनेभएको छ । हेटौंडा राईडर्स क्लबले आगामी शनिबार कोरा साईकल र्‍यालीको आयोजना गर्न लागेको हो ।

निरन्तर साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइर्डरस क्लबले कोरा सातौ संस्करण  आयोजना गर्ने भएको हो ।

 ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर स्लोगन राखेर सामुहिक रुपमा गरिने वृहत साईकल यात्राले शहरलाई साईकलसँग जोड्नुका साथै  तिर्थस्थल र स्थानीय बस्तीहरुलाई पहिचान गराउने उदेश्यका साथ र्‍याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

करिब ५० किलोमिटर दुरीमा हुने साईकल र्‍यालीमा चितवन बारा, पर्सा लगाएत काठमाडौंका २ सय ५० जना भन्दा बढि राईडरहरुको सहभागिता रहने अनुमान गरिएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु हुने र्‍याली हेटौंडा बजार, सानोपोखरा, बनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकिटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी हुँदै एक्लीखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्ध चोक, राईडर्स चोक लक्ष्मण साईकल अगाडि आई सम्पन्न हुनेछ ।

च्यालेन्जमा १२ वर्ष उमेर माथिका महिला, पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । भने हालसम्म २ सय जनाले नाम दर्ता गराईसकेको अध्यक्ष ताम्राकारले बताए ।

त्यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि कुल ५ लाख रुपैँया खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*