बागमती सरकारबाट बाहिरियो एमाले

अखबार हब
२०८१ असार २५, सोमबार ११:२०

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सामूहिक राजीनामा बुझाएर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

राजीनामा दिनुहुनेहरुमा बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य तथा भुमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहनुभएको छ ।

एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*