गणतन्त्र दिवसको अवसरमा वृक्षारोपन

मकवानपुर । गणतन्त्र दिवसको अवसरमा वृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस २०८१ को अवसरमा वन तथा वातावरण मन्त्रालय वागमती प्रदेशले सोमवार हेटौंडा ८ स्थित चिल्डेन पार्कमा वृक्षारोपन गरेको हो ।
वृक्षारोपन कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्रले संथागत गरेको संघीयता अभ्यास भएको छोटो समयमा तीनै तहको सरकार सम्बृद्द हुँदै गएको बताए । संघीयता पछि सेवा प्रवाहका काम, विकास निर्माणका काम नयाँ ढुङ्गले अघि बढेको उनको भनाइ छ ।
त्यसै गरी वागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले गणतन्त्र दिवसको अवसर पारेर मुख्यमन्त्री, प्रमुख सचीव लगायतको ट्याग सहित रोपिएको विरुवा स्थानीय वडा कार्यालयले महत्वका साथ अपनत्व गर्नेमा विश्वस्त रहेको बताए ।
करीब दश कठ्ठा क्षेत्रफलमा फैलिएको चौरमा एक सय भन्दा बढी विभिन्न जातका विरुवा रोपिएको वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले जानकारी दिए ।
वृक्षारोपन कार्याक्रममा प्रदेशका मन्त्री, सचिव लगायतको सहभागिता रहेको थियो ।