बैठकको प्रत्यक्ष प्रसारण गर्न रास्वपाले गर्यो मेयर लामाको ध्यानाकर्षण

अखबार हब
२०८० चैत्र १८, आईतवार १३:१०

मकवानपुर । बैठकको प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश द्रुत कार्य टोलि(र्याट)ले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामालाई ध्यानाकर्षण गराएको छ । आईतबार र्याट बागमती प्रदेशका संयोजक महेन्द्र श्रेष्ठको टोलिले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख लामालाई कार्यपालिका बैठक नियमति रुपमा प्रत्यक्ष प्रसारण गर्न ध्यानाकर्षण गराएको हो ।

कार्यपालिका बैठक कहिले प्रत्यक्ष प्रसारण गर्ने,कहिले नगर्ने, कहिले निर्णय सार्वजानिक गर्ने कहिले नगर्ने कहिले आधा सार्वजनिक गर्ने । स्थानिय सरकारको यो कस्तो मनलाग्दी हो ? हामी पारर्दसिता चाहन्छौ तसर्थ बैठकको नियमित प्रत्यक्ष प्रसारण साथै निर्णयहरुको पूर्ण लिखित विवरणसहित सार्वजनिक गर्न माग गर्दछौं । पत्रमा भनिएको छ ।

साथै टोलिले उपमहानगरको संरक्षणमा राखिएको ४८ मध्य आधा वटा भन्दा धेरै सिसि क्यामरा हालको अवस्थामा संचालन नरहेको भन्दै जनताको सुरक्षासँग जोडिएको विषयमासमेत नगरको ध्यान नगएको भन्दै आपत्ति जनाएको छ । टोलिले क्यामरा नभएको र भएका पनि सञ्चालमा नआएको कारण कुनै पनि दुर्घटना, चोरी, न्याय सम्वादनमा असहज पुगेको भन्दै जनता र सरकारी क्षेत्रकोसमेत सुरक्षालाई ध्यानमा राखेर यथासिघ्र मर्मम तथा नयाँ जडान गर्न सुझाव दिएको छ ।

त्यसैगरि हेटौंडाको मुख्य बजार क्षेत्रका फुथपार्कमा समेत जथाभावि पार्किङ तथा व्यवसायहुँदा सर्वसाधरणलाई आवगमणमा असर पुगेको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएको र्याट बागमती प्रदेश प्रमुख श्रेष्ठले बताए ।

टोलिमा प्रदेश र्याट सदस्य राजकुमार घिमिरे, पार्टी जिल्ला जिल्ला सचिवालय सचीव भुवन खनाल, हेटौंडा उपमहानगरपालिका संगठन विभाग प्रमुख बिशालराज महत, उपमहानगरपालिका र्याट विभाग प्रमुख दामोदर दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*