बागमती सरकारमा एमालेको इन्ट्री, थपलिया बने आर्थिक मामिला मन्त्री 

अखबार हब
२०८० चैत्र १७, शनिबार १९:०६

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् ।

थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । थपलिया यसअघि २६ पुस २०७९ मा जम्कट्टेल मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री थिए ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि बागमतीमा पनि एमालेका मन्त्रीहरुले साढे दुई महिनामै राजीनामा दिएका थिए । १० चैत २०७९ मा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अवसर पाए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*