छोरा पक्राउ परेको ७ महिनापछि प्रहरी हिरासतमा पुगे कृष्णबहादुर महरा

अखबार हब
२०८० चैत्र ५, सोमबार १२:२९

काठमाडौं। एउटै घटनामा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार पक्राउ गरेको हो।

यसअघि महराका छोरा राहुल गत भदौ १३ गते पक्राउ परेका थिए। इलेक्ट्रिक सिगरेटमा लुकाइ ल्याएको सुन छुटाउन महरा बाबु छोराले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई दबाब दिएको पाइएको थियो।

सीआईबीले सुरुमा उनीहरूलाई अनुसन्धानमा ल्याउन आनाकानी गरेको थियो। तर भन्सारमा रोकिएको भेप छुटाउन लगातार फोन गरेको बाहिर आएपछि राहुल भने पक्राउ परेका थिए।

कृष्णबहादुर महरालाई भने छुन सकेको थिएन। सुन तस्करी जाँचबुझ गर्न गठित आयोगले कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि उनी पक्राउ परेका हुन्।

महरा यसअघि सभामुख रहेकै बेला जबरजस्ती करणी उद्योगमा पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा गएका महरालाई भने जिल्ला अदालतले सफाइ दिएको थियो।

बाबाछोरा नै हिरासतमा पुगेको नमिठो संयोग यसअघि तत्कालीन माओवादीकै नेता टोपबहादुर रायमाझीको पनि छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परेर हिरासतमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*