पालुङ जेसीजको साईबर अपराध सम्बन्धि सचेतना
मकवानपुर । पालुङ जेसीजको बर्ष २०२४ को आयोजनामा साईबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार पालुङ बहुमुखी क्याम्पसमा स्नातक तहका अध्ययनरत बिद्यार्थीहरु र जेसीजका सदस्यहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको पालुङ जेसीज बर्ष २०२४का महासचिव बिक्रम गोपालीले बताए ।
ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरले सहजीकरण गर्नुभएको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्रको प्रमुख आतिथ्यतामा रहेको थियो ।
युवा पुस्तालाई साईबर अपराधको बारेमा जानकारी गराई यसबाट सचेत बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीले बताए ।
अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष संगम कार्की, पूर्व अध्यक्ष जयराम खत्री, नवराज लामा लगायत बर्ष २०२४का पदाधिकारी, सदस्यहरुकोे उपस्थिति रहेको थियो ।







