मनहरीका किसानलाई एमालेको घरेलु औजार बनाउने तालिम
मकवानपुर । नेकपा(एमाले) मनहरी गाउँपालिका वडा कमिटिले किसानलाई घरेलु औजार बनाउने तालिम दिएको छ ।
एमाले मनहरी गाउँपालिका वडा नम्बर १ कमिटिले मंगलबार वडामा रहेका किसानलाई घरेलु औजार बनाउने एक दिने तालिम दिएको हो । जग्गा बाँझो नराखौं किसानलाई आधुनिक औजार वितरण गरौं भन्ने उद्श्यले पार्टीले किसानलाई घरेलु हाते औजार बनाउने तालिम दिएको पार्टी जिल्ला कमिटि सदस्य एवम् वडा इन्चार्ज मनिला विष्टले जानकारी दिइन् ।
पार्टी वडा कमिटिका अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको तालिममा वडाका किसान पार्टी वडा कमिटी, टोल कमिटिका सदस्य लगायतको सहभागिता रहेको थियो ।







