तीव्र संगठन विस्तारमा रास्वपा मकवानपुर (नामावलीसहित)

अखबार हब
२०८० माघ १३, शनिबार १८:०४

मकवानपुर । स्थापनाको छोटो समयमै राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो संगठन विस्तार अभियान चलाइरहेको छ ।

मकवानपुरमा भने पार्टी जिल्ला समिति निर्माण भएको झन्डै १७ महिना पुग्नै लाग्दा दश पालिका मध्य ८ पलिकामा संगठन विस्तार गरेको छ । अरू दलले जस्तो भ्रातृ संगठन बनाउने नीति भने उसले पछ्याएको छैन ।

पार्टी निर्माणको पहिलो चरणमा जिल्लामा केही सुस्ताता देखिए पनि भरत पराजुलीले जिल्ला संयोजकको जिम्मेवारी लिएसँगै जिल्लामा संगठनले तिव्रता पाएको क्षेत्रीय सभापति टाकाराज थापा(सुरेश) बताउछन् ।

पार्टीले हाल सम्म जिल्लाका हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका, मनहरी, राक्सिराङ, बकैया, बागमति, मकवानपुरगढी र भिमफेदी गाउँपालिकामा आफ्नो संगठन विस्तार गरेको जिल्ला सभापति भरत पराजुली जानकारी दिए । कैलाश र इन्द्रसरोवर गाउँपालिकामा भने संगठन विस्तारको तयारी भइरहेको जनाएको छ । पार्टी केन्द्रको निर्देश बमोजिम तल्लो तह वडा सम्ममा नै रास्वपाले आफ्नो संगठन विस्तारलाई अगाडी बढाएको सभापति पराजुलीले बताए ।

रास्वपाले जिल्लाको एक सय २ वडा मध्य ३३ वडामा संगठन विस्तार भइसकेको जनाएको छ  । स्थानीय तहमा ११ सदस्यीय समिति बनाइएको छ, जसमा सभापति, उपभापति, सचिव, कोषाध्यक्षसहित सदस्य रहने व्यवस्था छ । पार्टीले पालिकासम्मै विभिन्न विभाग पनि राखिएका छन् । मकवानपुरको दुई वटा निर्वाचन क्षेत्रमा सभापति, उपसभापति, सचिव र दुई सदस्यसहित ५ सदस्य सतिमि गठन भइसकेको रास्वपा मकवानपुरले जनाएको छ ।

रास्वपामा वडा तहदेखि क्रमशः स्थानीय तह, संघ निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी पार्टी जिल्ला समितिको आन्तरिक संरचना बनाउने काम भइरहेको सभापति पराजुलीले बताए । पार्टीको विधानअनुसार नै जिल्ला समिति देखि वडा सम्मै संगठन चुस्तदुरुस्त बनाउँदै लैजाने रणनीति पार्टीले लिएको उनको भनाइ छ ।

संगठन निर्माणको शैली र प्रक्रिया अरू दलको भन्दा केही फरक रहेको पराजुलीको भनाइ छ । ‘धेरै पद बनाउनेभन्दा पनि छरितो समिति बनाउन जोड दिएका छौं, दोहोरो जिम्मेवारी दिएका छैनौं, टीका लगाउनेभन्दा पनि प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व छनोटमा जोड दिन्छौं,’ उनले भने ।

रास्वापा मकवापुरको विभिन्न जिम्मेवारीमा रहेकाको नामावली 
जिल्ला संयोजक  : भरत पराजुली
जिल्ला उपसंयोजक :  प्रकाश गौतम
जिल्ला सचिवालय सचीव : भुवन खनाल

रास्वपा मकवानपुर क्षेत्र नं १ का कार्यसमिति
१)सभापति : टाकाराज थापा (सुरेश)
२)उपसभापति : जगदीश दाहाल
३)सचीव : किशोर अर्याल
४)सदस्य : शिवकुमारी पाठक
५)सदस्य : राधा बजगाईं

क्षेत्र नं २ का कार्यसमिति
१) सभापति : संजीब पाठक
२)उपसभापति : संतोष बरर्तौला
३)सचीव : आशा कुमारी अधिकारी
४)सदस्य : राधिका सामरी पाण्डे
५)सदस्य : सन्दिपा डोटेल

हेटौडा उपमहानगरपालिका कार्यसमिति
१)सभापति : धु्रर्वबहादुर बिष्ट
२)उपसभापति : सपना कँडेल
३)सचीव : प्रेम लामीछाने
४)कोषाध्यक्ष : सम्झना पुडासैनी
५)सदस्य : सन्तोषी बर्तौला
६)सदस्य : मन्जु धमला
७)सदस्य : बिनोद पौडेल
८)सदस्य : महेन्द्र श्रेष्ठ ( बागमती प्रदेश र्याट नेपाल संयोजक )
९)सदस्य : दामोदर दाहाल (हेटौडा नगर र्याट विभाग संयोजक )
१०)सदस्य : हरि बहादुर कुवर (नगर सूचना तथा प्रविधि विभाग प्रमुख )
११)सदस्य : राम प्रसाद न्यौपाने

सल्लाहकार सदस्य
बिष्णु लाल महर्जन, उद्धव पराजुली, रमेश बर्तौला

हेटौंडा उपमहानगरपालिकाका वडा सभापतिहरु
क्रमशः वडा नम्बर ३ सरोजराज ढकाल, ४ नं रामहरी प्रशाई, ५ नं रुपेश खतिवडा, ६ नं. नवराज पौडेल, ७ नं. राधेश्याम देवकोटा, ८ नं. सुवास दहाल, ९ नं. शुशिल दवाडी, ११ नं. सुवोध सुवेदी, १२ नं. लक्ष्मण पौडेल, १६ नं. रोशन सापकोटो, १७ नं. सुरज पाण्डे, १८ नं. कविन्द्र भण्डारी, १९ नं. अजित बैजु ।

मनहरी गाउँपालिका कार्यसमिति
१)सभापति :  गोबिन्द सापकोटा
२)उपसभापति  : नानीबाबू थापा
३)सचीव : सागर जिम्बा
४)कोषाध्यक्ष : श्रीराम खड्का
५)सदस्य : श्रीकृष्ण रिजाल
६)सदस्य : नवराज पौडेल
७)सदस्य : रोशन नेपाली
८)सदस्य : नारायण मैनाली
९)सदस्य :  मानबहादुर प्रजा
१०)सदस्य : रोशन पुडासैनि
११)सदस्य : सन्तोष तिमल्सिना

मनहरी गाउँपालिकाका वडा सभापतिहरु
क्रमशः वडा नम्बर १ सभापति रामकुमार उप्रेती, ३ नं. रामशरण पौडेल, ४ नं. ज्ञानबहादुर गौतम, ५ नं. अमृत थापा, ६ नं. सन्तबहादुर थिङ, ८ नं. सुनाराम थिङ र ९ नं. निर्मल नेपाल ।

राक्सिराङ्ग गाउँपालिका कार्यसमिति
१)सभापति : राजन मल्ल
२)उपसभापति  : कालीचरण कोईराला
३)सचिव : रामकुमार सुनार
४)कोषाध्यक्ष : मन कुमारी प्रजा
५)सदस्य : समीर मल्ल
६)सदस्य : केशब राउत
७)सदस्य : रमेश लाल स्याङ्तान
८)सदस्य : तोप नाथ प्रजा
९)सदस्य : प्रकाश तितुङ
१०)सदस्य : खेम राज लामा
११)सदस्य : सूर्य बहादुर ल्वागुन

सल्लाहकार सदस्य : राजकुमार ठकुरी, लोकेश परियार, दीपक नगरकोटी

राक्सिराङ्ग गाउँपालिकाका ५ नम्बर वडा सभापति दिपेन्द्र स्याङ्तान

थाहा नगरपालिका कार्यसमिति
१)सभापति : जयराम खत्री केसी
२)उपसभापति : रचना बस्नेत
३)सचिव : देबकुमार अर्याल
४)कोषाध्यक्ष : सूर्य आले मगर
सदस्यहरु : केदार घले, नीलिमा गोपाली, सरोज लामीछाने, दिनेश थापा, सम्राट बलामी, राजन बिडारी, सरोज आचार्य

सल्लाहकारहरु : किरण गोपाली, रामहरि कार्की, दीपक नेपाली

बकैया गाउँपालिका कार्यसमिति
१)सभापति : अमर दंगाल
२)उपसभापति : पार्वती तिमल्सीना
३)सचिव : लक्ष्मी घिमिरे
४)कोषाध्यक्ष : भीमसेन तिमल्सीना
सदस्यहरु : रोशन घिमिरे, भगवती घिमिरे, मुरली नेपाल, विष्णु मुक्तान, दिनेश विक, कुमार घलान, प्रशान्त न्यौपाने

सल्लाहकारहरु : दलबहादुर खड्का हरि प्रसाल घिमिरे, राजेन्द्र लामिछाने, कमल गौतम

वडासभापतिहरु
क्रमशः वडा नम्बर १ सभापति  क्षेत्रबहादुर मोक्तान, ४ नं. भरत फुँयाल, ७ नं. कुनसाङ्ग तामाङ

बागमती गाउँपालिका कार्यसमिति
१) सभापति : सुजन पाख्रिन
२)उपसभापति  : चिजकुमार ग्यालंग
३)सचिव : भिम राई
४) कोषाध्यक्ष : निर्मल तिमल्सिना
सदस्यहरु : लालविर थिङ्ग, राजकुमार फुँयाल, लक्ष्यु बोम्जन, रोशन विक, काजिमान वाईवा,संजय भोलन
सल्लाहकारहरु : कर्ण बहादुर लोप्चन, बिष्णु राई, बाबुलाल बोम्जन

वडा सभापतिहरु क्रमश : वडा नम्बर ४ सभापति दिनेश बजु, ७ नं. शेखर गोले, ८ नं. विनय ज्ञालन

मकवानपुरगढी गाउँपालिका कार्यसमिति
१) सभापति : अर्जुन प्रसाद दहाल
२)उपसभापति : गौरी सुवेदी
३)सचिव : राजन आचार्य
४) कोषाध्यक्ष : कृष्णबहादुर गोले
सदस्यहरु : विनोद पुडासैनी, शालिकग्राम ढुङ्गाना, लक्ष्मी मुक्तान, सानुकान्छा मुक्तान, सरस्वती खतिवडा, सोमनाथ बजगाईं, सबाल ।
सल्लाहकारहरु : शिवप्रसाद दुलाल, केदार अधिकारी

भीमफेदी गाउँपालिका कार्यसमिति
१) सभापति : सरोज बराल
२)उपसभापति : कृष्णशोभा श्रेष्ठ
३)सचिव : सञ्जय पौडेल
४) कोषाध्यक्ष : सर्वेन्द्र बर्तौला(श्रीकृष्ण)

सदस्यहरु : शुब्बा बहादुर ब्लोन, माधव पुडासैनी, दलबहादुर लामा,जयराम सुनार,हिरा मिजार, देव राना, अनिल श्रेष्ठ

सल्लाहकारहरु : उमेश थापा, दिपेन्द्र ढकाल

वडा सभापतिहरु क्रमश : वडा नम्बर ६ सभापति रन्जीत समसेर राना, ५ नं. राजेन्द्र रुसाल, ४ नं. मन्दिरा चुनी, २ नं. भुवन मगर, ९ नं. निर्मल थापा ।

यसमा तपाइको मत

Your email address will not be published.


*