राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अखबार हब
२०८० पुष १६, सोमबार १६:१२

मकवानपुर । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रम सञ्चालन गर्न आज हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

यसैबिच निर्वाचन आयोग, नेपालले मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीलाई आजैबाट लागु हुने गरी यहाँ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते मतदान कार्यक्रम तय गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि यही पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । साथै पुस २३ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सभामा रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ । बागमती प्रदेशबाट विभिन्न क्षेत्र (क्लष्टर)का गरी चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*