प्रधानमन्त्री प्रचण्डले गरे मानवसेवा आश्रमको नयाँ भवनको उद्घाटन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा–९ मा रहेको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिवार प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमले अशक्त र अपाङता भएकाहरुका लागी १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको अपाङ्गता मैत्री मुख्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् ।
२०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको मानव आश्रमको २०६९ भदौ १३ गते स्थापना भएको थियो । आश्रमको केन्द्रीय कार्यालय हेटौँडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् ।
यस्तै, मानवसेवा आश्रमको बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, मधेश प्रदेशमा ३ र कोशी, कर्णाली प्रदेशमा एउट र सुदूरपश्चिम प्रदेशमा एकरएकवटा गरी २४ वटा आश्रमहरु रहेका छन् । जहाँ एक हजार ७ सय जना सहयोगापेक्षी मानवहरु आश्रित रहेका छन् ।







