भूकम्प पीडितलाई पालुङ जेसीजको नगद सहयोग

अखबार हब
२०८० मंसिर २०, बुधबार १९:२१

मकवानपुर । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले कात्तिक १७ गते  जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण पीडितहरुलाई राहत उपलब्ध गराउन २५ हजार २५ रुपैंया नेपाल जेसीज मार्फत पठाएको छ ।

जेसीज सदस्यहरुको सक्रियतामा स्थानीय स्तरमा संकलन गरी नेपाल जेसीज मार्फत भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाउनको लागि उक्त रकम नेपाल जेसीजको खातामा मंगलबार जम्मा गरिएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताउनुभयो ।

भूकम्प गए लगत्तै पालुङ जेसीजले स्थानीय स्तरमा संकलन गरी र जेसीजको बिपत राहत कोषमा जम्मा भएको रकम पठाईएको कानुनी सल्लाहकार रायमाझीले बताउनुभयो ।

‘मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो’ भन्ने जेसीजको नारालाई आत्मसाथ गर्दै भूकम्प पीडितहरुको घाउमा थोरै भएपनि मलम लगाउनको लागि पालुङ जेसीजले नेपाल जेसीज मार्फत सहयोग रकम पठाईएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एपम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार संगम कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*