संस्कृतिको जगेर्ना गर्न हेटौंडामा रास्वपाले देउँसीभैलो खेल्ने

अखबार हब
२०८० कार्तिक २५, शनिबार १८:००

मकवानपुर । संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय स्वतन्त्र पाटी मकवानपुले देउँसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारको अवसरमा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले संस्कृतिको जगेर्ना गर्ने उद्येश्यका साथ हेटौंडाका केही स्थानमा देउँसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

देउँसीभैलो हेटौंडाको वडा नम्बर १७ स्थित हटिया चोक, हेटौंडा ७ स्थित नागस्वती चोक र हेटौंडा ११ स्थित नवलपुर चोकमा खेलाइने रास्वपा मकवानपुरका संयोजक भरत पराजुली जानकारी दिए ।

एक दिनको लागि तयभएको देउँसीभैलो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै नाटक तथा जनचेतना मूलक प्रस्तुती रहेको पराजुलीले बताए ।

उनले भने, ‘परापूर्व कालदेखि नै दउँसीभैलो खेल्ने चलन थियो । हामीले देउँसीभैलो खेल्न लाग्नुको उद्देश्य सांस्कृतिक जगेर्ना गर्नु हो ।’ उनले देउसीभैलोबाट प्राप्त भएको दक्षिणा पार्टीको व्यवस्थापनका लागि प्रयोग हुने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*