साना किसानलाई उपमहानगरले दियो ट्रयाक्टर

अखबार हब
२०८० कार्तिक १, बुधबार १८:४८

मकवानपुर । कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीलाई हेटौंडा उपमहानगरपालिकाले अनुदानको ट्रयाक्टर वितरण गरेको छ ।

हेटौंडा–१९ बस्तिपुरमा रहेको साना किसान कृषि सहकारी सस्थालाई बुधबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले ट्रयाक्टर हस्तान्तरण गरेकी हुन् ।

उपमहानगरले हस्तान्तरण गरेको ट्रयाक्टर सहकारी सस्थाका अध्यक्ष सुनमाया दोङले बुझेकी हुन् । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको ट्रयाक्टले सहकारीमा आवद्ध स्थानियले गर्ने कृषिको काममा सहयोग पु¥याउने बिश्वास लिइएको छ । ट्रयाक्टर हस्तान्तरण गर्दै नगर प्रमुख लामाले कृषि क्षेत्रको प्रवद्धनमा उपमहानगरले काम गरीरहेको बताइन् । हस्तान्तरण गरेको ट्रयाक्टरमा सहकारीको पनि ५० प्रतिशत लगानी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*