विषालु च्याउ खाएर बिरामी परेका ६ नै जनाको अवस्था सामान्य
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा बिरामी परेका ६ नै जनाको अवस्था सामान्य रहेको छ ।
शुक्रबार दिउँसो घर नजिकै छेउमा उम्रेको च्याउ पकाएर खादा दुई परिवारका ६ जना विरामी भएका थिए ।
विरामी हुनेमा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० बर्षीया सम्झना रुम्बा र उनको भाउजु ३६ बर्षीया फुलमाया रुम्बा रहेका छन् । विरामी भएका ६ नै जनाको हेटौंडा अस्पतालमा उपचार पश्चात घर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।







