राप्ती खोलाले बगाउँदा बालकको मृत्यु

अखबार हब
२०८० आश्विन ९, मंगलवार १७:३२

मकवानपुर । हेटौंडाको राप्ती खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंं.४ भैरवरोड बस्ने १० बर्षीय संसाद अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्सारी आफ्नो परिवारसंग मंगलबार (आज) दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नं.१ स्थित तरकारी बजार नजिकै राप्ती खेलामा नुहाउन गएका थिए । सोही क्रममा खोलाले अन्सारीलाई बगाएको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित राप्तीपुल नजिकै खोलामा अन्सारी बगिरहेको स्थानीयहरुले देखेपछि उद्धार गरेर हेटौंडा अस्पताल लगेको थिए । उनको दिउँसो १२ बजेर ५० मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*