राप्ती किनारमा लागुऔषध नष्ट

अखबार हब
२०८० भाद्र २६, मंगलवार २०:३०

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा बरामद गरेको लागुऔषध नष्ट गरेको छ ।

मंगलबार मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती नदिको किनारमा जिल्लाका विभिन्न स्थानबाट बरामद गरेकोे आलुऔषध नष्ट गरेकोे हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतसमेत बाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा विभिन्न मितिमा विभिन्न स्थानहरुबाट बरामद गरेको लागुऔषध गाँजा ७ सय ११ किलो ६५ ग्राम, ओनइरेक्स एक सय मिलिको ५ सय २४ बोतल, डाईजेपाम ९ सय १६ एम्पुल, फेनार्गन ८ सय ८५ एम्पुल, नुर्फिन ६ सय ९३ एम्पुल र ३२ लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*