पाडी वितरणमा भएको लापरवाही प्रती दुई राजनीतिक दलको ध्यानाकर्षण

अखबार हब
२०८० भाद्र २१, बिहीबार १३:०७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न, बनकरीया, सहिद तथा द्वन्द पिडीत परिवालाई वितरण गरेको पाडीमा चरम लापरवाही भएको भन्दै नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी मनहरीले आपत्ती जनाएको छ ।

पालिकाको सो कार्यले जनताले तिरेको करको दुरुपोयग गरको उक्त राजनीति दलको जनाएको छ ।

विहीवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पालिकाले विना टेण्डर, विना कोटेशन र सामान्य स्वास्थ्य परिक्षणसमेत नगरी पाडी वितरण गर्नु भ्रष्ट मानसिकताको उपज रहेको जनाएको छ ।

स्थानीय राजनीतीक दलले तथ्याङ्क माग गर्दा पालिकाले अपुरो तथ्याङ्क दिएको र सो कार्यलेनै भ्रष्टचार भएको आशंका गरीएको पत्रकार सम्मेलमा जानकारी गराएको हो ।

“मनहरी गाँउपालिकाको तर्फबाट अध्यक्ष रन्जन कालाखेतीले भ्रष्टचार भएको भए कारवाही गर्छु भन्नुको सट्टा ठेगेदारहरुलाईनै दाँयाबाँया राखेर अनियमीता भएको भए रकम फिर्ता गर्न लगाउछु भन्ने जस्तो अभिव्यक्ति दिएको हुँदा स्वत भ्रष्ट भएको अनुमान गर्न सकिन्छ ।” नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदी र राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी गाउँपालिका सभापती गोविन्द सापकोटाद्वारा हस्ताक्षर गरीएको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

सत्यतथ्य पत्ता लगाई दोषिलाई यथासिग्र कारवाहि गर्नु पर्ने अन्यथा थप सशक्त आन्दोलन गर्ने पत्रकार सम्मेलन मार्फत चेतावनीसमेत दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*