आधुनिकमा युवा रेडक्रस सर्कल पुनर्गठन

अखबार हब
२०८० भाद्र १५, शुक्रबार १९:५९

मकवानपुर । आधुनिक राष्ट्रिय माबि, हेटौंडा– ४ मा युवा रेडक्रस सर्कल पुनर्गठन भेलाको आयोजना गरिएको छ।

आधुनिक राष्ट्रिय माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका उपकोषाध्यक्ष अभि मैनाली, युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडा, विद्यालयका सहायक प्रअद्वय दिपक अधिकारी र मालती पोखरेल, शिक्षक नायक सोम प्रसाद आचार्यले मन्तब्य राखेका थिए ।

भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियर÷ युवा रेडक्रसको आवश्यकता र महत्व लगायतका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

भेलाले आभास कटुवालको अध्यक्षमा ११ सदस्यीय आधुनिक युवा रेडक्रस सर्कल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*