जीवन बाँच्नेका लागि हो भन्दै, बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराती

अखबार हब
२०८० भाद्र ८, शुक्रबार १०:४१

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् ।

शुक्रबार समाजिक संञ्जाल मार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन् ।

‘मर्ने त मरेर गैइजानु भयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फँर्के । हाम्रो बुबाको उपचारमा दिन रात खट्नु हुने स्वास्थ्यकर्मीहरु, देश विदेशमा रहेर पनि बुवाको स्वास्थ्यलाभको कामना गर्नुहुने हाम्रो स्टमित्रहरु र भदौरे झरीमा रुझिभिजी आउनु भएका सम्पूर्ण मलामी जनहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published.


*