बागमती प्रदेश श्रम तथा रोजगार नीति सार्वजनिक

अखबार हब
२०८० भाद्र ४, सोमबार १९:१०

मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरेको छ ।

सोमबार हेटौंडामा एक कार्यक्रममा बिच मुख्यमन्त्री शालिकराम जम्मकट्टेललने प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरेका हुन् ।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी श्रीजना गर्ने नीति अगाडी सारेको बताएका छन् । सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसंग जोड्ने जनाएका छन् ।

अहिले प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट छुट्याएर त्यसबाट २० हजार जना किसानलाई जोड्ने दावि गरे । अब सिप सिकेर मात्र बिदेश जानुपर्नेगरी सबै युवाहरुलाई सिप सिकाउनेतर्फ आफुहरु लागिपरेको उनको भनाई थियो । सामाजिक सुरक्षा कोषमा सरकारको लगानी नभएकोमा आपत्ति जनाउँदै उनले भने–‘सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकले मात्र रकम लगानी गरेर हुँदैन सरकारको यसमा लगानी खोइ ?’

बागमती प्रदेशका पत्रकारहरुका लागि पनि सामाजिक सुरक्षा कोषमा जानका लागि ५० लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको तर, यसमा काम गर्नका लागि महासंघले योजना नल्याएको उनकोे भनाई थियो ।

कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंसालले संबिधान भित्र रहेर मन्त्रालयले श्रम तथा रोजगार नीति ल्याएको बताए । श्रमिकहरुको विकास गरेपछी मात्र राष्ट्रको विकास हुने भन्दै यो नीतिले बैदेसीक रोजगारमा जानेहरुलाई पनि न्यूनीकरणमा सहयोग पुग्ने लम्सालले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिब तिर्थराज भट्टराइले प्रदेशको श्रम तथा रोजगार नीतिका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नरविक्रम थापा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*