थाहामा लायन्स र लियो क्लबको बृक्षरोपण

अखबार हब
२०८० भाद्र २, शनिबार १५:२८

मकवानपुर । लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगर आयोजनामा शनिबार थाहा नगरपालिका वडा नं.४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा बृक्षरोपण गरिएको छ ।

क्लवले धुपी, लौठ सल्ला, रोजमेरी, देबदार प्रजातिका करिव ५० वटा बिरुवा रोपेको लियो क्लब अफ पिस थाहानगरका अध्यक्ष रोशनी गोपालीले बताइन् ।

लायन्स क्लबको बार्षिक कार्यक्रम अन्तरगत बृक्षरोपण गरिएको र रोपिएका बिरुवाहरुलाई नियमित गोडमेल, संरक्षण गरी हुकाईने लायन्स क्लब अफ थाहा पिसका सचिव निरज रायमाझीले बताए ।

लियो क्लव अफ पिस थाहानगरका रोशनी गोपालीको अध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, निवर्तमान अध्यक्ष जयराम खत्री, बर्ष २०२३र२०२४ का अध्यक्ष गिता कार्की, प्राथमिक स्वास्थ्य केन्द्रका डा.गगन कार्की, डा.पवन कार्की, लियो क्लबका पूर्व अध्यक्ष कमल बिष्ट लगायत लायन्स क्लव र लियो क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*