मकवानपुरमा ‘लम्पी स्किन’ को सङ्क्रमण घट्दै

अखबार हब
२०८० श्रावण ३२, बिहीबार ०९:४७

मकवानपुर । मकवानपुरमा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप अभियानलाई तीव्रता दिएसँगै ‘लम्पी स्किन’ को सङ्क्रमण दर क्रमशः घट्दै गएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. वज्रकिशोर ठाकुरले खोप अभियानपश्चात् पशुमा सङ्क्रमण बिस्तारै घट्दै गएको बताए ।

बागमती प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गत पुस महिनामा देखिएको ‘लम्पी स्किन’ रोग सङ्क्रमणका कारण साउन अन्तिमसम्म जिल्लामा १३ हजार ९९१ पशु प्रभावित भएकामा पाँच सय पशु मरेका छन् ।

विज्ञ केन्द्र प्रमुख ठाकुरले रोग नियन्त्रण गर्न जिल्लाका १० स्थानीय तहमा सात हजार डोज खोप उपलब्ध गराइएकोमध्ये तीन हजार ९२५ डोज खोप लगाइएको जानकारी दिए । लम्पी स्किन’ रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत विज्ञ केन्द्रबाट स्थानीय तहलाई छ हजार एक सय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट एक हजार डोज खोप प्राप्त भएको थियो । खोप लगाउन १८ जना भ्याक्सिनेटर संलग्न छन्।

खोप अभियानपूर्व जिल्लामा २४ हजार ६०६ पशुलाई खोप लगाइएको थियो ।

‘लम्पी स्किन’ रोग नियन्त्रण तथा रोकथामका लागि प्राविधिक र कृषकविच हेटौंडा १६ स्थित जनप्रिय उच्च मावि (प्राविधिक शिक्षालय) मा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डले ‘लम्पी स्किन रोग नियन्त्रणमा मन्त्रालय लागेको स्पष्ट पारे ।

खोप अभियान सकिएको होइन, अझै वढी खोप ल्याउने र लगाउने अभियानमा हामी छौं,” उनले भने ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले पशुधनको क्षति हुँदा किसानको वाँच्ने आधार नै अन्त्य हुने भएकाले प्रभावकारी रूपमा खोप अभियान, विमा कार्यक्रम र सचेतनामूलक काम गर्नपर्नेमा जोड दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*