चावहिलको तरकारी बजार डुबानमा

अखबार हब
२०८० श्रावण २३, मंगलवार १३:०३

काठमाडौं । उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा परेको छ ।

अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए ।

सोमबारदेखि परेको भारी वर्षाले काठमाडौं आसपासका बागमती नदी लगायत धोबीखोला,विष्णुमती,मनोहरा, हनुमती लगायतका खोलामा पानीको बहाव मात्रै बढेको छैन् उपत्यकाका नदी र खोला आसपासका क्षेत्र डुवानमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*