हेटौंडाको एभोकाडो होटल बाट पाँच जुवाडे पक्राउ, २ लाख ५४ हजार बरामद
मकवानपुर । हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जुवा खेल्नेहरुबाट २ लाख ५४ हजार ४ सय २० रुपैयाँ बरामद बरामद गरेको छ । जुवा खेल्दै गरेको भन्ने सुचनाका आधारमा प्रहरीले साँझ ६ बजे छापा मार्दा नगद सहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले जानकारी दिए ।
हेटौडा–२ मा रहेकोे एभोकाडो होटलको कोठामा अबैध जुवा खेली रहेको अवस्थामा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो । सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले साँझ ५ः४० बजेको समयमा जुवाडेहरुलाई पक्राउ गरिएको हो ।
होटलमा प्रहरी पुग्दा जुवा खेली खेलाई रहेको अवस्थामा हेटौडा उपमहानगरपालिका वडा नम्बर– १ बस्ने ४० वर्षिय बलराम बिश्वकर्मा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ बस्ने ३५ वर्षिय दिपक घले, चितवन भरतपुर महानगरपालिका वडा नम्बर– २ घर भई हाल हेटौडा उपमहानगरपालिक वडा नम्बर– ४ बस्ने ४५ वर्षिय सुन्दर कुमार श्रेष्ठ, हेटौडा उप महानगरपलिका वडा नम्बर–५ बस्ने ३४ वर्षिय सहदेव लम्साल र हेटौंडा– ४ बस्ने ४२ वर्षिय प्रकाश मानन्धरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।







