इतिहास बंग्याएर भ्रम नछर्न ओलीलाई विश्वप्रकाशको चेतावनी (भिडियो)

अखबार हब
२०८० श्रावण १७, बुधबार २०:४०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिपी कोईरालाको राष्ट्रिय मेलमिलापको नीतीलाई आत्मसमर्पणवादी भनेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन् ।

बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए ।

नेकपा एमाले अध्यक्ष ओलीले भनेका थिए ‘गणेशमान जी ५० वर्ष काँग्रसमा रहनु भयो, पहिला पनि काँग्रेस हुनुहुन्न्थ्यो, पछि पनि काँग्रेस छोडेर अलग हुनुभयो । गणेशमान जी सधैँ काँग्रेससँग काँग्रेसको कमजोर आत्मसमर्पणवादी चरित्र र भन्ने एकथोक गर्ने अर्कोथोक । त्यो खालको देखेर उहाँ सधैँ संघर्षरत हुनुहुन्थ्यो । नेपाली काँग्रेसका नेताहरु असाध्यै चतुर हुनुहुन्छ । संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर गाह्रो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्छ भनेर आउनु भयो । तर त्यसलाई के भन्नुभयो भने उकदिन बिहान सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ । त्यसकारण अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्यको शक्ति, दुईवटा मिलेर जानुपर्छ, त्यसकारण राजा र मेरो गर्धन जोडिएको छ । भन्ने व्याख्या गरेर बिपी कोईरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसका बिरुद्ध भन्दा वामपन्थी परिवर्तनकारी देशभक्ती शक्तिहरुका बिरुद्ध । ’ उहाँका त्यस बेलाका वक्तव्य हेरे हुन्छ । बोल्न नसक्नु बेग्लै कुरा हो, कसैले बोल्न सक्दैन बेग्लै कुरा तर नीति त्यही हो, वक्तव्यले त्यही कुरा भन्छ ।’

सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएको हो । उनले अध्यक्ष ओलीले बिपी कोईरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताए ।

हेर्नुहोस् भिडियो

 

यसमा तपाइको मत

Your email address will not be published.


*