माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

अखबार हब
२०८० श्रावण १७, बुधबार १०:२१

काठमाडौं। मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ।

कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्।

पाँच दिनसम्म चल्ने बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन स्थायी कमिटी बैठक बस्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरेपछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*