हेटौंडा सडक विस्तार : मुद्धाको चाँङले हच्कियो सडक डिभिजन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा पर्ने पूर्व पश्चिम राजमार्ग अन्तरर्तगतको बजार क्षेत्र फराकिलो बनाउने निर्णय बाट तत्कालको लागि डिभिजन सडक कार्यालय पछी हटेको छ ।
सर्वोच्च अदालतमा हेटौंडाको मेनरोड र राप्ती रोडका घरधनीहरुले दायर गरेको मुद्धाका चाँङ देखेर यहाँका घर भत्काउन डिभिजन सडक कार्यालय हच्किएको हो ।
अदालतमा एकपछी अर्काे मुद्धाका चाङ छन् । पेसी तोकीयएको मुद्धाका पेसीसमेत सरेकाले पनि घरहरु तत्काल भत्काउन नसकिने डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादबले बताए ।
रापतीरोड र मेनरोडका धेरैजसो ठुला घरवालाहरुले सर्बोच्चमा घर भत्काउन नदिन मुद्धा हालेका छन् । साना घर, झुप्रा घर मात्र भत्काएर सडक विस्तार हुँदैन त्यसैले सर्बोचचको आदेशलाई कुरेको छु’–उनले भने ।
यसक्षेत्रका घरधनीले मुआब्जा र क्षतिपूर्तिको विषयमा सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेसँगै तत्काल प्रक्रिया अगाडि नबढाउन अल्पकालिन आदेश जारी भएको थियो । सोही आदेशसँगै आज सर्वोच्चले सडक डिभिजन कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र घरधनीलाई छलफलका लागि बोलाएको थियो । तर, सर्वोच्चले अर्को पेशी पुनः साउन २१ गतेका लागि तोकेको छ । यो सँगैं तत्काल सडक विस्तार प्रक्रिया अगाडि नबढ्ने भएको हो ।
सोमबार बाट डिभिजन कार्यालयले निकालेको ३५ दिने सूचनाको म्याद सकिएको छ ।







