दलगत सहभागिता गराउन मुख्यमन्त्री जम्मकट्टेललाई रास्वपाको आग्रह

अखबार हब
२०८० श्रावण १४, आईतवार १७:३८

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दलगत सहभागितामा हुने बैठकमा बोलाउन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई आग्रह गरेको छ ।

आइतबार रास्वपाका बागमती प्रदेश सभापति डा.अचुतम लामिछानेले मुख्यमन्त्री जम्मकट्टेललाई भेटेर दलगत सहभागिता गराउन आग्रह गरेका हुन् ।

देशकै चोथो शक्तिको रुपमा स्थापित भएको पार्टीलाई प्रदेशमा आयोजना गरिने सर्वदलीय बैठक लगाएतका दलगत सहभागीतामा उपस्थिति गराउन मुख्यमन्त्री मार्फत जानकारी गराएको लामिछानेले बताए । साथै पार्टी प्रथम अधिवेशनको तयारीमा रहेको र सोही अन्तरर्गत बागमती प्रदेशमा पनि संगठन विस्तारको काम पुरा गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*