लागुऔषध सहित रातोमाटे बाट तीन जना पक्राउ
मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा – १५ रातोमाटेबाट लागुऔषध र अबैध सामानसहित तीन जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा– १ बस्ने ४९ बर्षीय शंकर अधिकारी, बारा निजगढ नगरपालिका–५ बस्ने ३२ बर्षीया कुमारी माया बल र कैलाश गाउँपालिका–४ बस्ने बर्ष २२ बर्षीय रवी लोप्चन रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारतबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५५३ नम्बरको हवाइ ईन्धन बोकेको तेल ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा लुकाई छुपाई ल्याएको अवस्थामा लागुऔषध सहित १३ प्रकारको अबैध सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।
उनीहरुको साथबाट लागुऔषध ओनरेक्स १४ बोत्तल, कम्पनिको सर्टको कपडा २२ बन्डल, थानको कपडा ९ थान, कुर्ता/टप्स – ४८ पिस, कुर्ता सुरुवाल सेट ३४ पिस, सेल्फ सुईच ८ थान, नट बोल्ट सानो १ प्याकेट, पिन १० थान, ट्रकको ब्याट्री २ थान, लुकार टिभिएस ४ स्थान, अटो पार्स ४ थान, एपेक्स् ४ थान र कोप्पर कोल्ट ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अबैध भन्सार छलेर ल्याएको उक्त सामानहरु करिब १ लाख ७१ हजार ९५० मुल्य बराबरको रहेको छ । ट्याङकर, सामानसहित ट्याङकरमा सवार तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







