मकवानपुरगढीमा अवैध खोला उत्खनन्

अखबार हब
२०८० श्रावण ११, बिहीबार १०:०९

मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीमा अवैध खोला,नदी उत्खनन् भइरहेको पाइएको छ ।

मकवानपुरगढी गाउँपालिका अन्तरगतका खोला तथा खहरेबाट निर्वाध रुपमा नदी जन्य पदार्थको उत्खनन् भइरहदा समेत स्थानीय प्रशासनले कुनै चासो नदेखाइरहेको पाइएको हो । मध्य बर्खा महिनामा नदी जन्य पदार्थ उत्खखन् गर्न नपाउने व्यवस्था रहेको छ तर मकवानपुरगढीका खोलामा भने नर्वाद रुपमा ट्याक्टरको प्रयोगगरि नदीजन्य कच्चा पदार्थ निकासी भइरहेको देखिन्छ ।

पालिका भित्रको सामरीखोलाबाट अवैध रुपमा दिनदहाडै ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरिरहेको देख्दा देख्दै पनि न स्थानीय सरकार बोल्छ, न प्रहरी प्रशासनले कुनै चासो दिइरहेको देखिन्छ । सो विषयमा स्थानीय सरकारलाई जानकारी हुँदासमेत थाहा नपाए झैँ गरेको स्थानीयको आरोप छ ।

मकवानपुरगढीका ३,४,५ र ६ नम्बर वडामा पर्ने सामरी खोलाको डुम्रेकुना देखि बुङ्ग्दल सम्म नदिजन्य पदार्थको अबैध रूपमा दोहन हुँदासमेत वडाका जनप्रतिनिधिहरु भने तैचुप मैचुपको अवस्थामा देखिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*