निर्वाचित सदस्यलाई रास्वपा मकवानपुरले खुवायो शपथ
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले जिल्लाका २ निर्वाचन क्षेत्रमा निर्वाचित सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।
शुक्रबार मकवानपुर पार्टी जिल्लाका कार्यलयमा एक कार्यक्रमका बिच जिल्ला संयोजक भरत पराजुलीले मकवानपुर क्षेत्र नं. १ र २ मा निर्वाचित १० जना सदस्यहरुलाई सपथ खुवाएका हुन् ।
रास्वपाले देशैभरि १६५ स्थानमा स्थानमा जेष्ठ १० गते सदस्यका उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । जेठ १६ गते देखी १० सम्म आफ्ना उम्मेदवारलाई अनलाई भोटिङबाट पार्टीका सदस्यहरुले मतदान गरेका थिए । २१ जेष्ठमा मकवानपुरका २ निर्वाचन क्षेत्रबाट १० सदस्य निर्वाचित नामावली प्रकाशन गरेसगँै आज सपथ ग्रहण गरेका हुन् ।
मकवानपुर संघिय क्षेत्र नम्बर १ बाट टाकाराज थापा (सुरेश), जगदीश दाहाल, किशोर अर्याल, शिबकुमारी पाठक र सबीना माझी सदस्यमा निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ बाट सञ्जिव पाठक, सन्तोष बर्ताैला , राधिका सामरी पाण्डे , आशा कुमारी अधिकारी र संदीपा डोटेल निर्वाचित भएका थिए । निर्वाचित सदस्यहरु बाट नै पदाधिकारी चयन गर्ने प्रावधान गरेको जिल्ला संयोजक पराजुलीले जानकारी दिए ।







